दफा ६८०
अनधिकृत प्रवेशको दायित्व व्यहोर्नु पर्नेः

कसैको सम्पत्तिमा अनधिकृत प्रवेश (ट्रेसपास) गरेको कारणले भएको हानि, नोक्सानी वापत अनधिकृत प्रवेश गर्ने व्यक्तिलेदायित्व व्यहोर्नु पर्नेछ ।

स्पष्टीकरणःयस दफाको प्रयोजनका लागि “अनधिकृत प्रवेश” भन्नाले अचल सम्पत्ति भए अर्काको हक, भोगचलन वा स्वामित्वमारहेको सम्पत्तिमा गैरकानूनी प्रवेश, त्यसको उत्पादनको कब्जा, अनधिकृत क्षति, हस्तक्षेप वा गैरकानूनी खिचोला र चल सम्पत्तिभए अर्काको हक, भोगचलन वा स्वामित्वमा रहेको सम्पत्ति जबरजस्ती कब्जा गर्ने, लैजाने, त्यसबाट प्राप्त लाभ लिने वाभोगचलन गर्नलाई बाधा विरोध गर्ने काम सम्झनु पर्छ र सो शब्दले कुनै पनि किसिमको सम्पत्तिलाई अनधिकृत रूपमा नियन्त्रणगर्ने काम समेतलाई जनाउँछ ।